काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थवाङमा रहेर जनयुद्धको तयारी, उठान र सञ्चालन गरिएको स्मरण गरेका छन् ।
‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किँदा म जहिले पनि ऊर्जा लिएर फर्किन्छु, ‘प्रधानमन्त्री दाहालले भने, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंगो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।’
प्रधानमन्त्री दाहालले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताए । ‘क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन । त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौँ। संविधानमा नै समाजवादको सङ्कल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ, ’उनले भने ।
उनले पार्टीको आगामी विशेष महाधिवेशनबाट पार्टीको समाजवादको बाटो थप स्पष्ट हुने बताए ।‘शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौँ। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकताबद्ध हुन्छौँ, ’उनले भने ।
प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था क्रमशः सुधारको बाटोमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड