जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ७ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २४ कार्तिक २०८०, १२ : २७
जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ७ जना पक्राउ

काठमाडौँ  । काठमाडौँबाट होटल सञ्चालकसहित ७ जना जुवाडे पक्राउ परेका छन् । बिहीबार राति काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका सञ्चालकसहित ७ जना जुवा खेल्दा खेल्दै पक्राउ परेका हुन् ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले सञ्चालन गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाखालबाट नगद १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट तास समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस