मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ ।
छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।
कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख पोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
२० वर्षभन्दा कम उमेरको विवाहमा न्यूनतम मात्र सजाय
अस्मिता र महेशबीच कसियो लगनगाँठो
विवाहको उमेर हद १८ वर्षमा झार्न उपसमितिले दिएको सुझावको विरोध
नाबालिकासँग झुक्याएर विवाह
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश