सरकार एक्लैले देश विकास गर्न सक्दैन, जनताले सहयोग गर्नुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, २० : ३३
सरकार एक्लैले देश विकास गर्न सक्दैन, जनताले सहयोग गर्नुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताएका छन्।बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देश विकासका लागि जनताले पनि सहयोग गर्नुपर्ने बताए।

उनले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरूको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गरे। उनले भाषण कला एउटा राजनीतिक हतियार भएको बताए।उनले भने,‘राजनीतिमा मुख्य कुरा भाषण हो। हाम्रा प्रधानमन्त्रीहरूको भाषणबाट सबै प्रभावित हुन्छन्। यो हतियार नै हो। तर त्यो हतियार पनि नभएको बेलामा पनि उहाँले लड्नुभयो र सफलता प्राप्त गर्नुभयो। जो पनि हामी सरकारमा हुन्छौँ, हामी भन्छौँ, देश विकास सरकारकै हातबाट हुँदैन, यसमा जनताले पनि सक्रिय भएर सहयोग गर्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस