लागुऔषधसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १६ : १७
लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले वीरगञ्ज-१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा भारत बिहारको मोतीहारी जिल्लाका २७ वर्षीय भुलावन पटेललाई खैरो हिरोइनजस्तो देखिने पदार्थ ४९.५२० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो।

यस्तै, रजतजयन्ती चोकबाटै बाराको कलैया उपमहानगरपालिका-६ बस्ने वर्ष ३१ का सन्तोष महतोलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट सेतो प्लाष्टिकको झोलामा लागुऔषध नाइट्राभेट-३ डिब्बामा ९०० ट्याब्लेट बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको थापाले बताए।

 

प्रतिक्रिया दिनुहोस