भाइटिकाको शुभ साइत सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १६ : ०५
भाइटिकाको शुभ साइत सार्वजनिक

काठमाडौँ । यस वर्षको भाइटिकाको शुभ साइत सार्वजनिक भएको छ ।

आगामी कात्तिक २९ गते बुधवारका दिन रहेको भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गर्दै भाइटिकाको साइत सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस