काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको मंसिर २२ गते हुने भनिएको सडक संघर्षको कार्यक्रम स्थगित भएको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको माओवादीले जनाएको छ ।
माओवादीले ब्यवस्था विरोधी तत्वहरुले स्थान पाएको र गणतन्त्र धरापमा परेको निष्कर्षसहित बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो।
तर, शुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्रविन्दू बनाएर गएको विनासकारी भूकम्पका कारण सरकार र कार्यकताहरु भूकम्प प्रभावितको उद्धार तथा राहातमा खटिनुपर्ने भएपछि उक्त संघर्षका कार्यक्रम स्थगित गर्नुपरेको हो । स्थगित कार्यक्रम पुन: हुने र नयाँ मितिबारे छिट्टै टुंगोमा पुगिने एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने