मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीमा हाजिर

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १५ : २९
मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीमा हाजिर

काठमाडौँ  । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । विभिन्न माध्यमबाट विवादस्पद अभिव्यक्ति दिएपछि उनी आइतबार साइबर ब्यूरोमा उपस्थित भएका हुन् ।

प्रसाईंले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् मारवाडी समुदायको चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंविरुद्ध उजुरी दिएपछि प्रहरीले व्यूरोमा बोलाएको हो ।

 

facebook sharing button

प्रतिक्रिया दिनुहोस