भूकम्प प्रभावितलाई राहत सामाग्रीहरू पुर्याउन उपप्रधानमन्त्री खड्काको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १३ : ००
भूकम्प प्रभावितलाई राहत सामाग्रीहरू पुर्याउन उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामाग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले सङ्घ, प्रदेश सरकार राहत र पुरस्थापनामा लागेको बताए ।

उनले आज र भोलि सम्ममा राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्याईसक्ने बताए ।  शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई टकले बिरामीहरूको उद्धार गरेको थियो भने आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकप्टरले ढुवानी गरिरहेको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भूकम्प प्रभावित जिल्लामा  छन् ।

प्रतिक्रिया दिनुहोस