अस्ट्रेलियामा गायक सुगमले माइक्रोफोनले दर्शकलाई हानेपछि …

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, ११ : ३६
अस्ट्रेलियामा गायक सुगमले माइक्रोफोनले दर्शकलाई हानेपछि …

काठमाडौँ । चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । 

उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ ।

भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक झिल्के भन्न अनुरोध गर्छन् । त्यसपछि उनले त्यहाँ (अस्ट्रेलिया) पहिलोपटक आएको कुरा गर्छन् र नेपाल भन्छन् ।  

त्यसलगत्तै नेपालमा भूकम्प गएको र भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या भन्छन् । त्यसपछि मृत्यु हुनेका लागि मौन धारण गर्न पटक पटक अनुरोध गर्छन् । मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई तारगेट गर्दै माइक्रोफोनले झटारो हानेको देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस