राहत र उद्धारमा खटिन पार्टी पङ्क्तिलाई मोहन वैद्यको निर्देशन

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, ११ : ४७
राहत र उद्धारमा खटिन पार्टी पङ्क्तिलाई मोहन वैद्यको निर्देशन

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले भूकम्प पीडितहरूको राहत, उद्धार र पुनर्वासमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरूमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

भूकम्पबाट भएको क्षतिले पार्टीलाई मर्माहत तुल्याएको भन्दै अध्यक्ष वैद्यले घाइतेहरूको तत्काल खोज, उद्धार,निःशुल्क उपचार र राहतको अत्यावश्यक कार्यमा कुनै कसर बाँकी नराख्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।

‘यस प्राकृतिक विपत्को समयमा घाइतेहरूको तत्काल उद्धार, उपचार, राहत र पुनर्वासको कार्यमा सक्रियतापूर्वक खट्न पार्टीको कर्णाली प्रदेश लगायत सम्पूर्ण पार्टी पङ्क्ति, जवस मोर्चाका नेता कार्यकर्ताहरूलाई पनि पार्टी विशेष अपिल गर्दछ’, अध्यक्ष वैद्यले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस