काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बत्तिसपुतलीस्थित द द्वारीकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाइएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग
सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण
सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण
सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने
सिटिजन्स बैंक र अपोलो हस्पिटल्सबीच सम्झौता