आईसीसी विश्वकप क्रिकेट : आज अफगानिस्तान र श्रीलंका भिड्ने

एजेन्सी

सोमबार, १३ कार्तिक २०८०, १० : ४९
आईसीसी विश्वकप क्रिकेट : आज अफगानिस्तान र श्रीलंका भिड्ने

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंका भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे पुणेमा हुनेछ। 

जारी प्रतियोगितामा पाँच–पाँच खेल खेलेका दुबै टोली आज तेस्रो जितको खोजीमा छन्। श्रीलंका ४ अंकसहित पाँचौ र समानअंकहित अफगानिस्तान सातौँ स्थानमा छन्। यस प्रतियोगितामा दुवै टोलीको प्रदर्शन खस्किएको छ।

श्रीलंका र अफगानिस्तानको हेड टू हेड हेर्ने हो भने पछिल्ला पाँच एकदिवसीय प्रतियोगितामा श्रीलंकाले चारवटा र अफगानिस्तानले एउटा खेल जितेका छन्। यसअघि गएराति सम्पन्न खेलमा भारतले इङ्ल्याण्डविरुद्ध १०० रनको रोमाञ्चक जित हात पारेको छ।

भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ३४ दशमलव ५ ओभरमा १२९ रनमा समेटियो।

प्रतिक्रिया दिनुहोस