राष्ट्रसंघका महासचिव गुटरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, १२ कार्तिक २०८०, १४ : १६
राष्ट्रसंघका महासचिव गुटरेस र उपप्रधानमन्त्री खड्काबीच भेटवार्ता

काठमाडौँ । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

महासचिव गुटरेस र उपप्रधान तथा रक्षामन्त्री खड्काबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । मन्त्री खड्कासँगको भेटवार्ताअघि गुटरेसले परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए ।महासचिव गुटरेसले आइतबार नै प्रधानमन्त्री, राष्ट्रपति तथा पुर्व प्रधानमन्त्रीहरुसँग पनि भेटवार्ता गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस