काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला र पुराना दलको औचित्य सकियो भन्नेलाई सबै प्रमुख दल एकै ठाउँमा उभिएर जवाफ दिने तयारी भइरहेको बताएका छन् ।
नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका उनले प्रश्न उठाउने दलको इतिहास, विचार र राजनीतिक संघर्ष केही नभएको टिप्पणी गरे ।प्रधानमन्त्रीले भने, ‘जसले प्रश्न उठाएको छ जसको इतिहास, विचार राजनीतिक मुद्दा, संघर्ष र संस्कारदेख्दिनँ । प्रश्न उठाउने कोसिस भएको छ । त्यो राष्ट्र जनता लोकतन्त्र र शान्तिको हितमा उठेको देख्दिनँ । त्यो अराजकता सृष्टि गर्ने उद्देश्यको साथ उठेको लाग्छ ।’
उनले पुराना दल र नेताले जवाफ दिने समय आउँदै गरेको भन्दै समय आएपछि सबैले थाहा पाउने बताए । त्यसका लागि आफूले भेटघाट बढाएको पनि उनले सुनाए ।‘तपाईँहरूले हेर्नुभयो भने यो बीचमा मेरो दौडधुप छिट्टै प्रमुख राजनीतिक दल एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने हिसाबले तयारी भइरहेको छ । समय आएपछि तपाईँहरूले थाहा पाउनुहुन्छ । पुराना दल र नेताले जवाफ दिने समय आउँदैछ’, प्रचण्डको भनाइ थियो ।
उनले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेदेखि नै दलहरूबीच सहमति र समझदारीको प्रयास गर्दै आएको जिकिर गरे । हिजो प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँगको भेट पनि त्यसैको कडी भएको दाहालले बताए ।
बीपीले सुरू गरेको चियापानको संस्कृतिले दलहरूप्रति आपसी एकतालाई अभिप्रेरित गरेको उनको भनाइ छ । यसले देशको राजनीतिलाई स्थिरतातर्फ लैजाने, सहमति र सहकार्यको बाटोमा लैजान मद्दत गरेको पनि प्रधानमन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड