नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, १५ : ३८
नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु

कैलाली । नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका- ६ का ६ वर्षीय दिपसन मल्ल र ७ वर्षीय आयुष मल्लको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले बताएको छ ।

बर्दगोरिया गाउँपालिका- ६ स्थित काँडा नदीमा नुहाउन गएका बेला उनीहरु डुबेका थिए । नदीमा डुबेको अवस्थामा फेला परेका उनीहरूलाई बर्दगोरिया अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनुअघि नै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक वीरबहादुर विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस