काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा आफ्नो मान्छेको अनुहार देखिएपछि सरकारले बन्द गरेको आरोप लगाएका छन् ।काठमाडौं २ मा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले आफ्ना मान्छेको अनुहार देखिएपछि सरकारले भ्रष्टाचारको फाइल सबै बन्द गराएको बताए । उनले भने, ‘सरकारले भ्रष्टाचारको फाइल खोल्दा हामीले स्वागत गरेका थियौं । संसदमा मैले नै उभिएर भनेको थिएँ, भ्रष्टाचारको फाइल खोल्यो, जरोसम्म पुग्नु भनेको थिएँ । जरोसम्म त के भ्रष्टाचारको फाइलको पहिलो पन्ना पल्टाउनासाथ सरकारको सातो गयो । त्यहाँ त आफ्नो मान्छेको अनुहार झल्झल्ती आयो । आफ्नो मान्छेको अनुहार आउनसाथ भटाभट गरेर फाइल खोल्यौ नि भनेको मान्छे पहिलो पेजबाट दोस्रोमा नभइ बन्द गरेर जस्ताको तस्तै बनेको छ ।’
उनले २०८४ सालपछि अहिले सरकारले बन्द गरेको फाइलको धुलो टक्टक्याएर सबैलाई कारबाही गर्ने बताए ।रविले भने, ‘केही चिन्ता गर्नुपर्दैन, २०८४ मा सबै धूलो टक्टकाएर फाइलको पहिलो पन्नादेखि अन्तिमसम्म हेरेर सधैंका लागि बन्द गर्छौं । हाम्रो परिवारदेखि मन्त्री, सांसद प्रधानमन्त्रीसम्म भए पनि छाड्दैनौं ।’
उनले कोशीमा महागठबन्धन बनेकाले अब सदनमा प्रमुख प्रतिपक्षी आफ्नो दल भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'