काठमाडौ । गैरआवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापा ब्याक भएकी छन् ।
उनले अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय गरेकी हुन् ।
वर्तमान अध्यक्ष समेत रहेकी थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघलाई एकताबद्ध गर्नकै लागि अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्ने घोषणा गरेकी छन् ।
थापाले वर्तमान उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकतावद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सारेकाले त्यसको स्वागत र समर्थन गरेको बताएकी छन्।
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि गएरातिदेखि अनलाइन मतदान सुरु भएको छ । अध्यक्षको दौडमा श्रेष्ठसहित बद्री केसी र आरके शर्मा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
युवा संघको कब्जामा एनआरएनएको फेसबुक पेज
एनआरएनए सचिवालय तत्काल नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्न आइसीसीले दियो निर्देशन