काठमाडौ । गैरआवासीय नेपाली संघको २०२३–२०२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी रविना थापा ब्याक भएकी छन् ।
उनले अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय गरेकी हुन् ।
वर्तमान अध्यक्ष समेत रहेकी थापाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघलाई एकताबद्ध गर्नकै लागि अध्यक्षका उम्मेदवार श्रेष्ठको टिमलाई सहयोग गर्ने घोषणा गरेकी छन् ।
थापाले वर्तमान उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकतावद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सारेकाले त्यसको स्वागत र समर्थन गरेको बताएकी छन्।
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि गएरातिदेखि अनलाइन मतदान सुरु भएको छ । अध्यक्षको दौडमा श्रेष्ठसहित बद्री केसी र आरके शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा