१४ रन बनाउँदै आउट भए कुशल भुर्तेल

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १५ : २३
१४ रन बनाउँदै आउट भए कुशल भुर्तेल

काठमाडौँ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । उनी १४ बलमा एक चौकाको मद्दतले १४ रन बनाउँदै आउट भए । उनी आउट हुँदासम्म नेपालले ४.२ ओभरमा २४ रन बनाएको छ । उनको विकेट यूएईका बलर निलान्स केशवानीले लिएका हुन् ।

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । त्रिकोणात्क शृंखलामा तेस्रो राष्ट्रको रुपमा हङ्कङको सहभागिता रहेको छ । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस