अर्थतन्त्रको ‘मेजर अपरेसन’ गर्नुपर्ने अवस्था छ, सरकारले सिटामोलसमेत दिन सकेन : विष्णु पौडेल

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, १४ : ३९
अर्थतन्त्रको ‘मेजर अपरेसन’ गर्नुपर्ने अवस्था छ, सरकारले सिटामोलसमेत दिन सकेन : विष्णु पौडेल

बुटवल। ​नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको मेरुदण्ड भाँचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन् ।देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा समस्याका चाँङहरू हुँदासमेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दाबी गरे ।

 

प्रेस चौतारी रुपन्देहीले आइतवार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘मुलुकको अर्थतन्त्रलाई चानचुने उपचार गरेर होइन, मेजर अपरेसन गर्नुपर्ने अवस्था छ । सरकार अपरेसन त परै जाओस् सिटामोलसमेत दिनका सकेका छैन ।

अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम गरेन् ।’कर्मचारीलाई ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी गर्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस