कांग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक– हस्ताक्षर फिर्ता लिन शेखर पक्षलाई आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, १५ : ३८
कांग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक– हस्ताक्षर फिर्ता लिन शेखर पक्षलाई आग्रह

काठमाडौं। कोशी कांग्रेसमा डा. शेखर कोइराला पक्षले विद्रोह गरी केदार कार्कीलाई उम्मेदवारमा अगाडि सारेपछि प्रदेश कार्यासम्पादन समितिको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।

शुक्रवार बसेको समिति बैठकले केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुमोदन गर्ने, केदार कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने कार्कीसहितका ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने, पार्टीलाई एकताबद्ध बनाउन कोही संसदीय दललाई अनुरोध गर्ने र  केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको जानकारी प्रदेश महामन्त्री उमेश थापाले दिए । 

 

मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट इन्द्र आङ्बो र कांग्रेसबाट विद्रोह गरेर केदार कार्कीले दाबी पेश गरेका छन् ।कांग्रेसका सांसदको हस्ताक्षर दुवै उम्मेदवारतिर देखिएपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्त गर्न असहज भएको छ ।

शेखर पक्षका कार्कीको उम्मेदवारी फिर्ता गराउन आग्रह गरिए पनि नलिने अडान सो समूहले लिएको छ ।उम्मेदवारी दाबी गर्ने समय आजै ५ बजेपछि सकिने भएकाले प्रदेश प्रमुख परशुराम खापुङले के गर्छन् भन्ने विषयमा सबैको चासो छ ।

प्रतिक्रिया दिनुहोस