काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशनले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ । अब प्रसारण लाइन परियाेजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।
एमसीए नेपालले प्रसारण लाइन परियोजनालाई तीववटा लटमा विभाजन गरी ठेक्का आह्नान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १२ : ४१
लेखकबाट थप