युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

सफल खबर संवाददाता

शुक्रबार, २६ असोज २०८०, ११ : ४२
युवा तथा खेलकुदमन्त्री लिम्बूलाई मातृशोक

सुन्दरहरैँचा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका सभापति एवं मोरङ क्षेत्र नं १ का सांसद तथा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ ।

लेटाङ–६ गुवाबारी निवासी लिम्बूकी आमा हंसनुमा लिम्बूको एक सय एक वर्षको उमेरमा आज बिहान आफ्नै निवास निधन भएको हो । उनको पार्थिव शरीरलाई धार्मिक संस्कारअनुसार आज दिउँसो लेटाङ घाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव ललितबहादुर श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस