भायानेटले सार्वजनिक गर्‍यो निःशुल्क इन्टरनेट अपग्रेड अफर

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १५ : १५
भायानेटले सार्वजनिक गर्‍यो निःशुल्क इन्टरनेट अपग्रेड अफर

काठमाडौं। भायानेटले आफ्नो २४ औं वार्षिक उत्सवको अवसरमा विशेष अफर घोषणा गरेको छ ।नेपालको अग्रणी इन्टरनेट र आइपीटीभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले २४ वर्ष पूरा गरेको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको हो ।

जस अन्तर्गत १२५ एम्बीपीएस इन्टरनेटको ३–महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक) पर्नेछ ।यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन् ।

 

यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।

 

त्यतिमा मात्र नभएर आफ्ना ग्राहकहरू प्रति कृतज्ञता जनाउँदै भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको छ । जसमा भायानेटका वार्षिक ग्राहकहरू, २०० एम्बीपीएस इन्टरनेट रहेकाहरूको २५० मा अपग्रेड भएको छ ।

यस्तै ३०० एम्बीपीएस इन्टरनेट भएका ग्राहकले निःशुल्क ४०० एमबीपीएस पाएका छन् । यस्तै अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस