प्रमुख प्रशासकीय अधिकृत स्थानीय समूहबाटै हुनुपर्छ : राप्रपा सांसद राणा

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १४ : २६
प्रमुख प्रशासकीय अधिकृत स्थानीय समूहबाटै हुनुपर्छ : राप्रपा सांसद राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणाले स्थानीय तहका कर्मचारीहरुको जारी आन्दोलनप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गरेका छन् । बिहीबार प्रतिनिधि सभामा शून्य समय लिएर बोल्दै उनले प्रमुख प्रशासकीय अधिकृत स्थानीय समूहबाटै हुनुपर्ने पनि बताए ।

राप्रपाका महामन्त्री समेत रहेका राणा नेपालगञ्ज उपमहानगरपालिका पूर्वमेयर पनि हुन् । आफूले विगतमा दुई पटकसम्म स्थानीय तहको नेतृत्व गरेको स्मरण गर्दै उनले भने, ‘प्रमुख प्रशासककीय अधिकृत स्थानीय समूहबाटै हुनुपर्छ ।’ आफू स्थानीय तहको प्रमुख हुँदा एक कार्यकालमा सात जना प्रमुख प्रशासककीय अधिकृत फेरिएको उनले सुनाए ।

संघीय मन्त्रालयले स्थानीय सरकारलाई पेल्नका लागि प्रमुख प्रशासककीय अधिकृत संघबाट पठाउने गरेको र यस खाले कानुनी व्यवस्था गर्न खोजेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस