हमास र इजराइल दुवै सम्पर्कमा छन् :रेडक्रस

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १३ : ५५
हमास र इजराइल दुवै सम्पर्कमा छन् :रेडक्रस

काठमाडौं। जेनेभा- रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीवार बताएको छ । गत शनिवार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछि सैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ ।

‘तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन र कुनै पनि अन्तिम रिहाइका लागि हामी तयार छौँ,’ निकट र मध्यपूर्वका लागि आर्इसीआरसीकाका क्षेत्रीय निर्देशक फाब्रिजियो कारबोनीले एक विज्ञप्तिमा भने ।

अन्तर्राष्ट्रिय मानवीय कानूनबमोजिम बन्धक बनाउन निषेध गरिएको भन्दै कारबोनीले कसैलाई पक्राउ गरेको भए तुरुन्तै रिहा गर्नुपर्ने बताए । आर्इसीआरसीले दुवै पक्षलाई नागरिकहरूको पीडा गर्न आग्रह गरेको छ ।

शनिवार हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजराइलले गाजामा लगातार आक्रमण गरेको छ र पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गर्दै २० लाख जनसङ्ख्या भएको गरिब क्षेत्रमा पूर्णतः घेराबन्दी गरेको छ । 

 

हमासले इजराइली आक्रमणमा चारजना बन्धक मारिएको बताएको छ । साथै उसले बिना चेतावनीपूर्व नागरिकहरूमा लक्ष्य बनाएमा अरुलाई मार्ने चेतावनी दिएको छ । 

टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पनि बन्धकहरूको रिहाइका लागि हमाससँग वार्ता सुरु गरेको बुधवार सरकारी स्रोतले एएफपीलाई बताएको छ । शनिवारदेखि जारी युद्धमा दुवै पक्षका गरी हजारौँको ज्यान गएको छ । 

प्रतिक्रिया दिनुहोस