नेपाल फर्किन इजरायल विमानस्थल पुगे विद्यार्थी

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १२ : १४
नेपाल फर्किन इजरायल विमानस्थल पुगे विद्यार्थी

काठमाडौं। इजरायलमा रहेका नेपाली विद्यार्थीहरू स्वदेश फिर्ताका लागि विमानस्थल पुगेका छन् । आफूहरू तेल–अविव विमानस्थलमा पुगेको इजरायलमा रहेका विद्यार्थी सुरज भण्डारीले जानकारी दिएका छन् । विद्यार्थीहरू इजरायलका विभिन्न ठाउँबाट तेल–अभीभ विमानस्थलमा पुगेका हुन् । 

 

द्वन्द्वग्रस्त क्षेत्रमा फसेका विद्यार्थीको उद्धार गरी स्वदेश ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज इजरायल उडेको छ ।इजरायल पुगेपछि तत्कालै विद्यार्थीको उद्धार गरेर फर्किनेछ ।गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस