सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, १६ : २१
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी विधेयकलाई पारित भएको छ । बुधबार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त विधेयक पारित गरेको हो ।

बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित पारित गरेको हो ।

उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केही विषयलाई संशोधनसहित पारित गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस