नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठले पाए

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, १४ : ५३
नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठले पाए

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् । श्रेष्ठले आजैबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन् ।

पूर्वकार्यालय सचिव तथा उप-महासचिव गङ्गालाल तुलाधर, कार्यालय उपसचिव केदार संजेल, राजकीय मामला विभागका सचिव सिताराम नेपाल र विष्णु रिजालले श्रेष्ठलाई खादा लगाएर स्वागत गरे ।

श्रेष्ठले आफूलाई कार्यालय सचिवको जिम्मेवारी दिने केन्द्रीय कमिटी र सचिवालयप्रति आभार व्यक्त गरेका छन्

प्रतिक्रिया दिनुहोस