प्रधानमन्त्री दाहाल र स्वीट्जरल्याण्डकी राजदूत म्युवलीबीच भेट

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०८०, १३ : २४
प्रधानमन्त्री दाहाल र स्वीट्जरल्याण्डकी राजदूत म्युवलीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत एचई दनाइली म्युवलीबीच शिष्टाचार भेट भएको छ। राजदूत म्युवली प्रधानमन्त्रीलाई भेट्न उनको निवास बालुवाटार पुगेकी हुन्।

भेटमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस