काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले बताइन् ।
इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका हुन् । उनी नेपाल भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ
सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ
गाजामा तीनमध्ये एक व्यक्ति भोकै : संयुक्त राष्ट्रसंघ
भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसंघका प्रमुखको आग्रह