चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २४ को नेपाली काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ । वडा सभापति इन्द्र बहादुर लामाको नेतृत्वमा क्षेत्रिय प्रतिनिधि लाल बहादुर विक, जनप्रतिनिधि सुनिल अर्नेल, कार्यसमिति सचिव रामेश्वर चौधरी, क्षेत्रिय प्रतिनिधि तुल बहादुर मगर, पम बहादुर विक, श्याम बहादुर मुक्तानसहित ४७ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
मंगलबार भरतपुर वडा नम्बर २४ र २५ मा रहेको देविस्थान पार्कमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका २८३ जनालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गरिन्।
यस्तै नेकपा एमाले परित्याग गरी वडा सहसचिव तेजबहादुर थापा, पूर्वजनप्रतिनिधि अविर बहादुर विक, हिरामाया विक, शान्ति एकता टोलका अध्यक्ष कृष्ण विकलगायत १ सय १० जना माओवादी केन्द्र प्रवेश गरेका छन् ।राप्रपाबाट ३० जना, थारु समाजबाट २५ जना, रास्वपाबाट १० जना र भूपू सैनिक संघबाट अध्यक्ष नमबहादुर गोदार र शंकरबहादुर अर्यालको नेतृत्व २० जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
माओवादी केन्द्र प्रवेश गरेकालाई स्वागत गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य दाहालले भरतपुर २४ को समस्या समधान गर्न तत्पर रहेको उल्लेख गरिन्। उनले माओवादी पार्टी दुःख सुखको पार्टी भएकाले जनताको हकअधिकारी प्रत्याभूत गर्न अग्रसर रहेको बताइन्। भरतपुर २४ मा रहेका धेरै समस्याहरु समधान भईसकेकाले अब लालपुर्जा वितरणको कार्य बाँकी रहेको बताइन् ।
केन्द्रीय सदस्य दाहालले भरतपुर २४ मा केही दिनमै ७२ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई लालपुँर्जा वितरणको तयारीमा रहेको बताइन् ।माओवादी पार्टीले जनयुद्धको बलमा राजनीतिक परिवर्तन गरी शान्ति प्रकृयामा आई सामाजिक र न्यायिक परिवर्तनलाई आफ्नो मुख्य मुद्धाको रुपमा अगाडि बढाउदै आएको जिकिर पनि गरिन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ, बागमती प्रदेशका सांसद ईश्वर सापकोटा, नेकपा माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा वाईसियल नेपालका केन्द्रीय सदस्य तथा वडा नम्बर २४ का अध्यक्ष रामु गोदारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असोज २०८०, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र