इजरायलका लागि नेपाली राजदूतको क्षमतामाथि रास्वपाले उठायो प्रश्न

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १५ : ५०
इजरायलका लागि नेपाली राजदूतको क्षमतामाथि रास्वपाले उठायो प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको बताएका छन् ।मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले इजरायल घटनामा पनि राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताए । 

 

सांसद खनालले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको बताए । क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उनले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताए ।

 

सांसद खनालले पीडित विद्यार्थीले पनि राजदूतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने भन्नेबारे सोच्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस