आदिवासी जातीय युगमा पुगेका छैनन्, जनजाति युगमै छन् : उपमहासचिव गुरुङ

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १० : ५५
आदिवासी जातीय युगमा पुगेका छैनन्, जनजाति युगमै छन् : उपमहासचिव गुरुङ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरू नै नेपालका आदिवासी भएको बताएका छन् ।

तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिको ३१ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यले मान्ने धर्म भन्दा फरक धर्म मान्ने मानिसहरू नै आदिवासी भएको बताए । उनले नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म रहेको र तत्कालीन समयमा हिन्दु राजाले मान्ने धर्म नै हिन्दु धर्म भएको बताए । 

 

हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति भएको उनले दाबी गरे । उनले राज्यको धर्म भन्दा अलग्गै धर्म संस्कार मानेका मानव समुदाय नै आदिवासी भएको बताए । आदिवासी अझै पनि जातियतामा नगएको र जनजातिमै सीमित भएकाले आदिवासीमा सामूहिकता कायम रहेको बताए ।

 

उपमहासचिव गुरुङले आदिवासी समुदायमा एउटा नीति र थिति हुने र सबैलाई बराबर लगाएर काम गर्ने संस्कार रहेको बताए । उनले जसको मानव समुदायको लिखित इतिहास छैन त्यो नै आदिवासी भएको बताए । उनले आदिवासीको इतिहास किंवदन्तीमा आधारित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस