काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ । प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायलबीचको जारी संघर्षमा शनिबार इजरायलमा रहेका ९ जना नेपाली घाइते भएपछि रास्वपाले उक्त माग गरेको हो ।
“इजरायलमा रोजगारी र अध्ययनको सिलसिलामा बसोबास गरिरहेका हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा अवस्थाबारे हामी अत्यन्तै चिन्तित छौं,” रास्वपाले विज्ञप्तिमा भनेको छ, “परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावास इजरायलमा रहेका नेपाली नागरिकहरुसँग सक्रिय सम्पर्क गरी उनीहरुको सुरक्षाको सुनिश्चितता र मानवीय हितको प्रत्याभूति गर्न हामी आग्रह गर्दछौँ ।” इजरायलमा शनिबार बिहान भएको आतंककारी आक्रमणबाट अत्यन्तै दुःखी भएको रास्वपाले जनाएको छ । रास्वपाले इजरायलमाथि हमासले गरेको हमलाको घोर भर्त्सना गरेको छ । आफ्ना जनता र मातृभूमिको रक्षा गर्ने इजरायली जनताको नैसर्गिक अधिकारको सम्मान गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
“इजरायलको यस कठिन घडीमा हामी इजरायलका जनता र सरकारसँग ऐक्यबद्धता जाहेर गर्नुका साथै निर्दोष पीडित परिवारहरुको सुरक्षाका लागि हार्दिक प्रार्थना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
रास्वपाले मनायो तेस्रो स्थापना दिवस
रास्वपाले दिवङ्गत सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने
रास्वपाका सांसद निलो रिबन लगाएर संसदमा