जनकपुर । जनकपुर बिग मार्टमा आगलागी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका-९ स्थित रामानन्द चोकमा रहेको मार्टमा गएराति सवा १ बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी पूर्ण रुपमा अझै नियन्त्रणमा आइनसकेको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन आवाले जानकारी दिए।
‘कुनाकप्चामा आगो बलिरहेकै छ, हामी नियन्त्रणको प्रयासमा छौँ । केही बेरमै आगलागी पूर्ण नियन्त्रणमा आउँछ,’ उनले भने ।
जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासका गरी पाँच वटा बारुणयन्त्र सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको उनले बताए।आगलागीको कारण भने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि