काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
आजकै बैठकमा सभामुख देवराज घिमिरेले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ: प्रचण्ड
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची