ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० असोज २०८०, ०७ : १०
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सुनसरी । सुनसरीको धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

धरान–८ स्थित कोशी हाइवेको लांघाली चोकमा शुक्रबार धरानबाट इटहरी जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रकले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

सो दुर्घटनामा स्कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। 

स्कुटरको पछाडि सवार धनकुटाको साँगुरीगढी–९ घर भएका ५० वर्षीय टेकबहादुर राई दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस