काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न अध्ययन कार्यदल गठन गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
कार्यदलमा पूर्वसचिव शारदा प्रसाद त्रिताल, पूर्णचन्द्र भट्टराई, पूर्वसहसचिव भागवत खनाल, पूर्वप्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र लिलाराज ढकाल रहेका छन् ।
यस्तै उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका अर्को कार्यदल पनि गठन गरिएको छ ।
जसमा उर्जा तथा भूमिगत संरचना विज्ञ श्रीराम न्यौपाने, ऊर्जा विज्ञ देबेन्द्र कार्की, डा सरोज अधिकारी रहेका छन् ।
बैठकले पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा “नव–प्रवर्तन तथा स्टार्टअप विभाग” गठन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय