जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ सम्मेलन काठमाडौंमा

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १५ : ३१
जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ सम्मेलन काठमाडौंमा

काठमाडौं। १७ औं जोन्टा अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट २५ वार्षिक सम्मेलन काठमाडौंमा शुरू भएको छ ।​​​​पहिलोपटक काठमाडौंमा भएको सम्मेलनमा नेपालसहित बंगलादेश, भारत, न्यूजिल्याण्ड र श्रीलंकालगायतबाट १५० भन्दा बढीको सहभागिता रहेको छ ।

 

सम्मेलनले महिला र किशोरीहरूलाई सशक्तीकरण गर्न र लैङ्गिक हिंसा र जलवायु परिवर्तनले महिलामा पार्ने प्रभावलाई सम्बोधन गर्न र विचारको आदानप्रदानलाई प्रवर्द्धन गर्ने आयोजकले जनाएको छ ।​

आइतवारसम्म चल्ने सम्मेलनमा महिला सशक्तीकरणलाई संस्थागत रुपमा अगाडि बढाउने उद्देश्यका साथ पहिलाेपटक छात्रवृत्ति समेत प्रदान गर्न लागिएको छ ।

नेपालबाट स्विकृत न्यौपाने, जेन एम क्लाउजम्यानलाई व्यसायिक छात्रवृत्ति महिला (२०२२–२०२३) र श्रीलंकाकी युमना जाहिदलाई २०२३ सार्वजनिक मामिलाहरूमा युवा महिला पुरस्कार वितरण गरिने क्लबहरूले जनाएका छन् ।​

बंगलादेश, भारत, नेपाल र श्रीलंका सम्मिलित जोन्टा क्लब डिस्ट्रिक्ट २५ को गर्भनरको भूमिकामा रहेकी श्रीजना राणाले महिला सशक्तिकरणमा समर्पित विविध पृष्ठभूमिका महिलाहरू मिलेर बनेको जोन्टा इन्टरनेशनलको यस्तो पद पाउने पहिलो नेपाली हुनमा गौरवान्वित भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस