काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ । बिहान ११ बजेदेखि जारी बैठकमा सांसदहरुले आ-आफ्नो धारण राखिरहेका छन् । आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले आपत्ति जनाएका छन् ।
शुक्रबारको बैठकको शून्य समयमा राप्रपा अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेपनि माओवादी सांसद दाहालले आपत्ति जनाएका हुन् । उनले उक्त रेकर्ड संसद्बाट हटाउनसमेत माग गरेका छन् ।
उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’
यसअघि बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहलाई राजा भनेर सम्बोधन गरेका थिए । उनले भनेका थिए,‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र गतिविधिमा ध्यान दिनुपर्यो आग्रह गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको त्यस्तो जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । राजा ज्ञानेन्द्रको कुन त्यस्तोगतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिरहेको छ । त्यसको त्यसको जानकारी लिन चाहन्छु ।’
सांसद दाहालले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको जनाएपनि उक्त अभिव्यक्ति रेकर्ड हटाउन भने कुनै इच्छा देखाएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकार गठन भएपछिको पहिलो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
प्रतिनिधि सभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु