सरकार र शिक्षकबीच भएको सहमति सदनलाई जानकारी गराउन रास्वपाको माग

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १२ : ०२
सरकार र शिक्षकबीच भएको सहमति सदनलाई जानकारी गराउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा विधेयकका विषयमा सरकार र शिक्षकबीच भएको सहमति जानकारी गराएर मात्र सैद्धान्तिक छलफल गर्न माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै रास्वपाका सांसद डोलप्रसाद अर्यालले भने, ‘विद्यालय विधेयक आएपछि शिक्षकहरू आन्दोलनमा आउनुभयो । वार्ता गरेर सहमति गरियो । सैद्धान्तिक छलफल केमा गर्छौं रु विधेयक कि वार्ताको विषयमा रु यो अस्पष्ट छ । मन्त्रीज्यूले शिक्षकसँग भएको सहमतिबारे सदनलाई जानकारी गराउनुपर्छ ।’