भायानेटले ल्यायो आश्चर्यजनक मूल्यमा १२५ एमबीपीएस इन्टरनेट र चार अविश्वसनीय अफर​​

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १२ : ०७
भायानेटले ल्यायो आश्चर्यजनक मूल्यमा १२५ एमबीपीएस इन्टरनेट र चार अविश्वसनीय अफर​​

काठमाडौं। भायानेटले १२५ एमबीपीएसको इन्टरनेट वार्षिक ८ हजार ४ सय रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको छ। नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि(गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं र तिहारको अवसरमा उक्त्र अफर सार्वजनिक गरेको हो ।

यसका साथै भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ।भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको ८  हजार ४०० रुपैयाँमा १२५ एमबीपीएस इन्टरनेटको मज्जा लिन सक्नेछन् ।

जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्यको प्याकेज रहेको कम्पनीले जनाएको छ ।यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ।वार्षिक इन्टरनेट योजनाहरू छनोट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशतसम्म छुटका लागि योग्य हुनेछन्।त्यसैले यस अभियानको नाम 'चाडमा चौका' राखिएको कम्पनीले जनाएको छ ।

छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टीभी, रेफ्रिजरेटर र वासिंग मेसिन रहनेछन्। चाडपर्वको अवधिमा यी वस्तुहरू नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दशैंको समयमा यी वस्तुहरू घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।

प्रतिक्रिया दिनुहोस