संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेस नेपाल आउँदै

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, ०७ : ४७
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेस नेपाल आउँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस नेपाल भ्रमणमा आउँदैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा यही असोज २६ गते नेपाल आउन लागेका हुन्  ।

गत भदौ २९ गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न अमेरिका भ्रमणमा गएका बेला प्रधानमन्त्री प्रचण्डले महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

असोज २६ गतेदेखि तीन दिन महासचिव गुटर्रेस नेपालमा रहने जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस