बीई स्नातक तहको प्रवेश परीक्षा स्थगित

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०८०, १३ : ५७
बीई स्नातक तहको प्रवेश परीक्षा स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ संस्थानले प्रवेश परीक्षा स्थगित गरेको छ।त्रिवि डीनको कार्यालयले बुधवार एक सूचना जारी गर्दै स्नातक तह (बी.ई./बी. आर्क) को प्रवेश परीक्षा स्थगित गरेको हो ।

 

प्रवेश परीक्षा बोर्ड २०८०/०८१ का पदाधिकारीहरूले असोज १६ गते संयुक्त राजीनामा दिएको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि हाललाई प्रवेश परीक्षा स्थगन गरिएको डीनको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।असोज २२ गतेदेखि प्रवेश परीक्षा निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस