काठमाडौ । नेपालीका ठुला चाडपर्व (दसैँतिहार र छठ) मा चिनी अभाव नहुुने सरकारले जनाएको छ ।
बजारमा लगभग ५० हजार टन चिनी मौज्दात रहेकाले तत्कालै चिनीको अभाव नहुुने बताइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको मूल्य विषयमा अध्ययन गर्न विभागका निर्देशकको नेतृत्वमा गठित तीन सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनमा सोबारेमा उल्लेख गरिएको हो ।
पछिल्ला १५÷२० दिनयता बजारमा चिनीको भाउ अत्यधिक वृद्धि भएपछि विभागले चिनीको मूल्य अध्ययनका लागि समिति गठन गरेर अध्ययन सुुरु गरेको थियो । अनुुगमनको प्रारम्भिक प्रतिवेदन अनुसार बजारमा पर्याप्त चिनी हुँदाहुँदै पनि कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाएको पाइएको खबर गोरखापत्रमा छापिएको छ ।
विभागका अनुसार अहिले बजारका विभिन्न ठाउँका गोदाममा ५० हजार टन चिनी मौज्दात रहेको पाइएको छ । प्रारभ्मिक प्रतिवेदनमा यस परिमाणको चिनी मौज्दात रहेको भेटिए पनि पूर्ण प्रतिवेदन आउँदा अहिलेको परिणाममा तलमाथि हुुन सक्ने विभागका महानिर्देशक तीर्थराज चिलवालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ असोज २०८०, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० टन चिनीसहितको ट्रक प्रहरी नियन्त्रणमा
चाडबाडलाई भारतबाट १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान
चिनी उद्योगीहरूको सिन्डिकेट नियन्त्रणको माग गर्दै उद्योग मन्त्रीलाई ज्ञापनपत्र
बजारमा फेरि किन भयो चिनीको अभाव ?
नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद
चितवनमा चिनीको अभाव छैन : प्रशासन