काठमाडौ । ग्यासमा सरकारले ३०९ रुपैयाँ कर असुल्छ
सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको चर्को कर उपभोक्ताबाट असुली गरिरहेको छ ।
दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
नेपाल आयल निगमका अनुसार हाल प्रतिसिलिन्डरमा ३०९ रुपैयाँ कर रहेको छ । छिमेकी मुलुक भारत सरकारले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रकम दिएर उपभोक्तालाई सहुलियत रूपमा ग्यास वितरण गरिरहेका बेला नेपाल सरकारले भने चर्को कर लिएर उपभोक्तालाई ग्यास महँगो परिरहेको छ ।
छिमेकी मुलुक भारतले ग्यासमा कर लगाएको छैन । अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यासमा अन्य कुनै पनि एसियाली मुलुकले उपभोक्ताबाट कर असुल गरेका छैनन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ असोज २०८०, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु
ग्यास सिलिन्डर पड्किँदा आगलागी
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु