भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर बाँडफाँट

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, १४ : ५३
भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर बाँडफाँट

काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी सेयरको बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि रु.१०० अंकित दरको १ लाख ९१ हजार २५० कित्ता शेयर विक्री आह्वान गरेको थियो ।  आश्वानअनुसार जम्मा २९ हजार ३० जना आवेदकहरुबाट ७ लाख ५२ हजार ४० (जारी गरेको भन्दा ३.९३ गुणा बढी) कात्तिका लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । 

त्यसमा रितपूर्वक आवेदन दिने २९ हजार २२ जना आवेदकहरुबाट प्राप्त भएको ७ लाख ५२ हजार ३० कित्ता बाँडफाँटको लागि योग्य रहेको देखिएकोले उक्त आवेदनहरु मध्ये १९ हजार १२५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी प्रत्येकलाई १० कित्ताका दरले १ लाख ९१ हजार २५० कित्ता शेयर बाँडफाँट कार्य सोमबार सम्पन्न गरिएको  निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ। 

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको जारी पूँजीको १० प्रतिशत अर्थात रु.१९,१२,५०,००० रकम बराबरको १९,१२,५०० कित्ता शेयर असोज १७ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन भइरहेको समेत जनाइएको छ।
 

प्रतिक्रिया दिनुहोस