एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनुपर्ने

सफल खबर संवाददाता

सोमबार, १५ असोज २०८०, १४ : १५
एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा दफावार छलफल गरी सुझाव दिन गठित उपसमितिको म्याद सात दिन थप गरिएको छ । 

सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उपसमितिको म्याद सात दिन थपेको हो । योसँगै रञ्जु झाको संयोजकत्वमा गठित उपसमितिले एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनु पर्ने भएको छ । 

यसअघि १५ दिनको समय पाएको उपसमितिले सरोकारवाला र संशोधनकर्तासँग छलफल गरेको छ ।  प्रतिवेदन तयार गर्दा पाँचपटक बैठक बसेको झाले बताइन् ।
 

प्रतिक्रिया दिनुहोस