काठमाडौँ । सरकारले खाना पकाउने ग्याँसको मूल्यवृद्धि फिर्ता लिएको छ । नेपाल आयल निगमले शनिबार ग्याँसको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले बढाएको थियो ।आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय फिर्ता लिएको हो । योसँगै ग्याँस प्रतिसिलिन्डर १ हजार ८९५ कायमै कारोबार हुने छ ।
पुरानो मूल्यसूची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गरिने छ । आजै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण एसियामै नभएको व्यवस्था नेपालमा, ग्यासमा सरकारले असुल्छ ३०९ रुपैयाँ कर
ग्यासको खपत र आयात दुबै घट्यो
ताप्लेजुङमा ग्यास र पेट्रोलियम पदार्थको अभाव
ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु
भारतबाट बढेर आयो ग्यासको मूल्य